एजेन्सि -विश्वकप विजेता पाउलो रोसीको निधन भएको छ ।
ईटालीलाई सन् १९८२ मा विश्वकप जिताएका रोसीको ६४ वर्षको उमेरमा निधन भएको उनको परिवारले पुष्टि गरेको छ
रोसीकै प्रेरणादयी प्रर्दशनमा ईटालीले स्पेनमा भएको प्रतियोगितामा उपाधि जितेको थियो । उनी सर्वाधिक गोलकर्ता बन्दै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
उनले क्लब स्तरमा पहिलो पटक भिसेन्जामा एक शानदार गोलकर्ताको रुपमा आफ्नो परिचय बनाएका थिए । उनले युभेन्ट्सदेखि अर्को ईटालियन क्लब एसी मिलानबाट समेत खेलेका थिए ।
उनको निधनको घोषणा बिहिबार गरिएको थियो । ईटालिन मिडियाका अनुसार उनी लामो समयदेखि बिरामी थिए ।
रोसीकी श्रीमती फेडेरिका कापेल्लेटीले सामाजिक सञ्जालमा ‘सधैका लागि’ भन्दै दुवै जनाको फोटो सेयर गरेकी थिईन् ।
उनले मृत्युको कारणबारे केही बताएकी छैनिन् ।
रोसीले ईटालीको राष्ट्रिय टिमबाट ४८ खेलमा २० गोल गरेका थिए । उनले ईटालिका विभिन्न क्लबबाट खेल्दा सय बढी गोल गरेका थिए ।
सन् १९८२ को विश्वकपमा उनको प्रर्दशनलाई लिएर वालेन डी ओर अवार्डबाट सम्मानित गरिएको थियो । त्यो समय यु्रोपियन वर्ष खेलाडीलाई सो पुरस्कार दिने गरिन्थ्यो ।
उनले सन् १९८० मा फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।