बर्दियाका अभिभाबक ‘ जनप्रतिनिधि तथा किशोरीद्वारा बालबिवाह रोक्ने प्रतिबद्धता

 बर्दिया –  गुलरिया नगरपालिकाका किशोरी, अभिभावक तथा जन प्रतिनिधि  बालविवाह रोक्न प्रतिबद्ध भएका छन् । बाल विबाहा न्यूनीकरणका लागी अमिभाबक हरु लाई अमिमुखीकरण कार्यक्रममा बालविवाह रोक्न प्रतिबद्धता जनाएका हुन्  ।

प्लान ईन्टरनेशनल नेपाल र बांके युनेष्को क्लबको आयोजनामा गुलरिया नगरपालीकामा भएको अभिमुखीकरण कार्यक्रममाअभिभावक, जनप्रतिनिधी र किशोरीहरुलाई बालविवाह छिटाे हुने विबाह र जबरजस्ती हुने विवाहा न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बालबिवाह रोक्ने प्रतिबद्धता जनाएका हुुन ।

किशोरीहरू तथा अभिभावकहरुलाई बालविवाह न्यूनीकरणमा स्थानीय सरकार तथा अभिभावकको भुमीका के के हुने सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्नुुको उद्देश्य बारे बालसंरक्षण परियोजना कार्यक्रम का जनक चौधरीले जानकारी दिए । अभिभाबकहरुलाई बालविवाह न्यूनीकरण सम्बन्धि कार्यक्रममा सहजीकरण कुलराज थारु ले वालविवाहबाट हुने असर र अभिभावक हरुले खेल्ने सकारात्मक भुमिकाको वारेमा सहजीकरण गर्नु भएको थियो ।

यस्तै कार्यक्रम समापनको क्रममा अभिभावक, जनप्रतिनिधिहरुले आउदा दिनहरूमा अभिभावकले छोराछोरीहरुलाई असल अभिभावकको भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए । स्थानिय तहहरुमा बालसंरक्षण नीति कार्यान्वय गराउन साथै बालबालिकाको हक अधिकार संरक्षण र बालविवाह विरुद्ध अभियान सन्चालन गर्न पालिकाले सम्पूर्ण सामाजिक संस्था,प्रहरी, विद्यालय र सबै निकायसंग समन्वय र सहकार्य गरि सबै वडाहरूमा अभियानको रुपमा अघि बढ्ने र यस पालिकालाई नमुना वनाउनका लागी बालविवाह रोक्नु पर्ने गुलरिया नगरपालीकाकी कार्यपालीका सदस्य शान्ता परिपार ले बताउनुभयो। त्यस्तै बालविवाह न्यूनिकरणका लागी अभिभाब शिक्षा अनिवारे रुपमा संचालन गनुपर्ने कार्यक्रम मा सहभागीले जोड दिएका हुन ।

हाल बढैयाताल गाउँपालिका, राजापुर नगरपालीका, बारबर्दिया नगरपालीका गेरुवा गाउपालीका , ठाकुरबावा नगरपालीका मधुवन नगरपालीका र गुलरीयानगरपालीकामा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाल संरक्षण परियोजना र बाल विवाह रोक थाम परियोजना संचालन भइरहेको बाके युनेष्को क्लवका जनक चौधरी ले जानकारी गराउनु भयो l