एजेन्सी – च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब युभेन्टससँग ३ गोलले पराजित भएको छ।
कुनै समय स्पेनीश क्लब रियल मड्रिडमा रहेका पोर्चुगिज फूटबल स्टार क्रिस्टियानो रोनाल्डोले चिरपरिचित प्रतिष्पर्धी एवम् अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई पछिल्लो खेलमा पराजित गरेका हुन्। रोनाल्डोले सन् २०१८ मा रियल मड्रिड छाडेपछि पहिलोपटक मेस्सी नेतृत्वको बार्सिलोनासँग प्रतिष्पर्धा गरेका हुन्
जारी लिगअन्तर्गत समूह जी को अन्तिम खेलमा युभेन्टसका लागि रोनाल्डोले २ गोल गरे। पछिल्लो पटकको खेलमा दुई गोल गरेसँगै उनले च्याम्पियन्स लिगमा गोलसंख्या १ सय ३४ पुर्याएका छन्।
सो क्लबका लागि अर्को १ गोल वेस्टन म्यानकेनीले थपे। बार्सिलोनाले चाहिँ सन् २०१६ पछि समूह चरणमा पहिलो पटक हार ब्यहोर्यो।
जीतसँगै युभेन्टस समूहको शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। बार्सिलोना पनि समूह उपविजेता बन्दै अन्तिम १६ मा अडिएको छ।