सल्यान – सल्यानका शिक्षकलाई भर्चुअल माध्यामबाटै विद्यार्थी कार्यपुस्तिका अभिमुखिकरण तालिम दिइएको छ । जिल्लाका ३ वटा स्थानीय तहका १ सय ८ शिक्षकलाई अभिमुखिकरण तालिम दिइएको हो ।
जिल्लाको कपुरकोट, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाका ५४ विद्यालयका १ सय ८ जना शिक्षकलाइ विद्यार्थी कार्यपुस्तिका अभिमुखिकरण तालिम दिइएको हो ।
रुम टु रीड पढनको लागि कोठा तथा दलित विकास समाज सल्यानले कक्षा १ र कक्षा २ मा नेपाली भाषा पढाउने शिक्षकहरुका लागि तिन दिने विद्यार्थी कार्यपुस्तिका अभिमुखिकरण तालिम दिएको हो । सल्यान जिल्लाका विभिन्न ६ वटा गाउँपालिकाहरु सँगको साझेदारीमा संचालित साक्षरता कार्यक्रम अन्तर्गतका ३ वटा पालिकाका शिक्षकहरुलाइ तालिम दिएको रुम टु रीडले जनाएको छ ।
कोभिडका कारण बन्द भएका विद्यालयहरुमा पढाई क्रियाकलाप संचालन हुन थालेपछि उक्त तालिम भर्चुअल माध्यामबाटै आयोजना गरीएको हो । भर्चुअल माध्यामद्धारा संचालन गरीएको तालिम लाई रुम टु रीडका क्षेत्रिय कार्यक्रम व्यवस्थापक खडग बहादुर कुँवर, जिवन कार्की, बावुराम पोख्रेल, विनायक रेग्मी, केशव गुरागाईले सहजिकरण गरेका थिए ।