मनोसामाजिक समस्यामा रहेका एक युवाको उद्दार

बर्दिया – जिल्लाकाे राजापुरवाट मनोसामाजिक समस्यामा रहेका एक युवाको उद्दार गरिएको छ । अभिभावक विहीन भई सडकमा बस्ने मनोसामाजिक समस्यामा रहेका बारबर्दिया नगरपालिका वार्ड न. २ धुङ्ग्रहीका १८ बर्षिय रामबहादुर थारुको सोमबार राजापुरवाट उद्दार गरिएको हो ।

विगत २० दिन देखि राजापुर नगरपालिका वार्ड न. ४ मा रहेको हनुमान गढी मन्दिर नजिकै तरकारी हाटबजारको परिसरमा मागेर खानुका साथै सडकमै बसोबास गर्दै आएका उनलाई स्थानीय कानून व्यवसायी महादेव रत्गैयाले सहयोग गर्दै आएका थिए ।

उनको पीसीआर परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि सोमबार निलसागर सेवाश्रमको टोलीले उद्दार गरेको हो । उनलाई सेवाश्रममा राखेर मनोसामाजिक स्याहार सम्वन्धी परामर्सका साथै निःशुल्क उपचारको व्यवस्था गरिने निलसागर नेपालगन्जका उपाध्यक्ष अमन सुवेदीले बताए ।

सोमबार उनको उद्दारमा सहयोग गर्न बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारु, वडा अध्यक्ष खुशी राम थारु समेत राजापुरमा आएका थिए । उद्धारकार्यमा बर्दिया उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी, निलसागर बाँसगढीका संयोजक नवराज कुवर, मानसरोवर पोलिकिल्निक राजापुरका प्रमुख तथा पत्रकारहरुको उपस्थीती रहेको थियो ।