तौल घटाउन निकै सहयोगी छ च्याउ, थाहा पाउनुहोस् यसका अन्य फाइदा

 

काठमाडौं – च्याउ धेरैजसो शाकाहारीलाई असाध्यै मनपर्ने तरकारी हो । स्वादिष्ट हुनुका साथै यो शरीरका लागि निकै फाइदाजनक छ । च्याउ क्यालोरीमा पनि कम हुने भएकोले विभिन्न पोषक तत्वले भरपुर हुन्छ । यसलाई तरकारी, सलाद, सूप र स्न्याक्सको रुपमा पनि खान सकिन्छ । आउनुहोस्, च्याउलाई आफ्नो दैनिक आहारमा किन समावेश गर्नुपर्छ भन्ने जानकारी लिऔं ।

भिटामिन डीको राम्रो स्रोतः

शरीरका लागि भिटामिन डी असाध्यै आवश्यक छ र यसको कमीले विभिन्न प्रकारको रोग लाग्ने गर्छ । भिटामिन डी निकै कम तरकारीमा पाइन्छ र च्याउ यीमध्ये एक हो । दैनिक च्याउ खाँदा शरीरमा एक दिनको भिटामिन डीको आवश्यक मात्रा पूरा हुन्छ । सेतो च्याउमा भिटामिन डीको राम्रो स्रोत पाइन्छ । भिटामिन डी हड्डी बलियो बनाउनका लागि निकै आवश्यक पर्छ ।

सेलेनियमले भरपुरः

सेलेनियम शरीरमा एन्टिअक्सिडेन्सले झैं काम गर्छ । यसले शरीरलाई फ्रि रेडिकलसले हुने हानीबाट बचाउनुका साथै प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । च्याउमा सेलेनियमको भरपुर मात्रा पाइन्छ । यसले शरीरलाई भित्रैदेखि स्वस्थ राख्छ ।

यसमा एक विशेष प्रकारको एर्गोथियोनेन नामको तत्व पाइन्छ जसले बढ्दो आयुको लक्षणलाई कम गराउँछ । साथै यसमा कोलिन नामको एक विशेष पोषक तत्व पाइन्छ जसले मांसपेशीको सक्रियता र स्मरणशक्तिलाई यथावत् राख्न मद्दत गर्छ ।

कार्बोहाइड्रेट कमः

च्याउमा निकै कम मात्रामा कार्बोहाइड्रेट पाइन्छ । यसले तौल र सुगर लेभललाई नियन्त्रणमा राख्छ।

थुप्रै तरिकाले खान सकिन्छः

न्यूट्रिसनिष्टका अनुसार आफ्नो खानामा विभिन्न प्रकारको खाना समावेश गर्नुपर्छ । च्याउ निकै सजिलै पाउन सकिन्छ र यसलाई थुप्रै तरिकाले बनाएर यसको पोषक तत्व लिन सकिन्छ । यसलाई बनाउन निकै सजिलो पनि छ । तपाईं यसलाई सलाद, तरकारी वा सुपको रुपमा आफ्नो दैनिकको खानामा समावेश गर्न सक्नुहुन्छ ।