नेपाल स्काउटले सात वटै प्रदेशका सबै स्थानीय तहमा स्काउट पुर्याउने

काठमाडौं – नेपाल स्काउटले संघीय संरचना अनुसार सात वटै प्रदेशमा कमिटि गठन गरेर प्रादेशीक रुप दिएको स्काउट सबै स्थानीय तहसम्म स्काउट पुर्याउने भएको छ ।

 संशोधित नयाँ ऐन अनुसार ७ सय ५३ वटै स्थानीय तहमा क्षेत्र विस्तार गर्ने भएको हो ।युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको नेपाल स्काउटको यसअघि जिल्ला तहसम्म मात्र संरचना रहेको थियो ।

‘नेपाल स्काउटका निर्देशक समेत रहेका रामप्रसाद भट्टराई   का अनुसार स्काउट यसअघि जिल्लामा मात्र थियो । यसलाई प्रादेशिक रुप दिएका छौ । सातै प्रदेशमा कमिटि बनाएर अधिकांश प्रदेशमा शपथको कार्यक्रम सकेका छौ । सबै स्थानीय तहमा रहेका विद्यालयसम्म पुग्ने लक्ष्य रहेको छ उहाँले भन्नुभएकाे छ।

नेपाल स्काउटले प्रदेश नम्बर दुई र बागमती बाहेक सबै प्रदेशमा शपथको कार्यक्रम सम्पन्न गरिसकेको छ । बाँकी रहेका दुई प्रदेशमा समेत शपथको कार्यक्रम सक्ने भट्टराईले जानकारी दिनुभयाे ।

नेपाल स्काउटको ऐन २०५० को संशोधनले मुख्यमन्त्री स्काउटको प्रदेश संयोजक र सामाजिक विकास मन्त्री प्रमुख स्काउट अर्थात बोर्डको अध्यक्ष हुने व्यवस्था गरेको छ ।

सोही अनुसार केन्द्रिय स्काउटका अध्यक्ष लोकबहादुर शाहीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको उपस्थितीमा अधिकाशं प्रदेशमा मुख्य मन्त्रीको शपथ गराउनुभएकाे छ । मुख्यमन्त्रीले नव गठित समितिलाई शपथ गराउने व्यवस्था रहेको छ ।

राज्य पूर्न संरचनासंगै स्थानीय र प्रादेशिक सरकार शक्तिशाली बनेको अवस्थामा स्थानीय तहका बालबालिकालाई समेट्ने स्काउटले सबै पालिकामा संरचना गठनको तयारी गरेको हो ।