बोक्सीको आरोप लगाउने तीन महिलालाई कैद सजाय

सल्यान – सल्यानमा एक वृद्धालाई बोक्सी आरोप लगाउने तीन जना महिलालाई अदालतले कैद सजायकाे फैसला गरेकाे छ । जिल्लाकाे शारदा नगरपालिका–१ श्रीनगर निवासी ६० वर्षीया वृद्धालाई बोक्सी आरोप लगाउने तीन जनालाई जिल्ला अदालत सल्यानले कैद सजायकाे फैसला सुनाएको हो।

बोक्सी आरोप लगाउने स्थानीय २३ वर्षीया जयन्ती खड्कालाई ६ महिना कैद र ५ हजार जरिवाना, २१ वर्षीया सरिता खड्का र २४ वर्षीया गीता खड्कालाई जनही ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवाना फैसला सुनाएको जिल्ला अदालत सल्यानका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए।

जिल्लाको शारदा नगरपालिका ०७७ भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले सोही ठाउँ निवासी २१ वर्षीया सरिता खड्का, २४ वर्षीया गिता खड्का र २३ वर्षीया जयन्ती रोकालाइ गएकाे असोज १२ गते पक्राउ गरेकाे थियाे ।