बलिउडका चर्चित कलाकार रवि पटवर्धनको निधन

एजेन्सी – हिन्दी, मराठी फिल्म तथा टिभी सिरियलका चर्चित कलाकार रवि पटवर्धनको निधन भएको छ । ८३ वर्षीय रविको आइतबार बिहान हृदयघातको कारण निधन भएको हो ।
पछिल्लो केही समयदेखि मुटुको समस्याबाट पीडित उनले शनिबार राति सास फेर्न गाह्रो भएको बताएका थिए । त्यसपछि उनलाई एक निजी अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्यमा सुधार हुन सकेन ।
यस अगाडि मार्च महिनामा पनि उनलाई हार्ट अट्याक आएको थियो ।

रविको हिन्दी, मराठी फिल्मको साथसाथै रंगमञ्चमा पनि धेरै योगदान रहेको छ । फिल्म तथा टेलिसिरियलमा धेरैजसो हजुरबुबाको भूमिकामा देखिँदै आएका रविले २०० बढी फिल्म र १५० बढी नाटकमा काम गरेका छन् ।