बङ्गलादेशमा कोरोना सङ्क्रमितको संख्या चार लाख ७७ हजार नाघ्यो

एजेन्सी – बङ्गलादेशमा आइतबारसम्ममा चार लाख ७७ हजार ५४५ व्यक्ति कोरोना सङ्क्रमित भएको यहाँको स्वास्थ्य सेवा महाजिर्देशनालयले जानकारी गराएको छ ।

बङ्गलादेशमा आइतबार एक हजार ६६६ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ भने ३१ सङ्क्रमितको मृत्यु भएको छ ।

यो तथ्याङ्कसहित बङ्गलादेशमा कूल सङ्क्रमित हुनेको सङ्ख्या चार लाख ७७ हजार ५४५ पुगेको छ भने अहिलेसम्म छ हजार ८३८ कोभिड सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

बङ्गलादेशभर विगत २४ घण्टामा १३ हजार २१८ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो ।

निर्देशनालयका अनुसार बङ्गलादेशमा आइतबार दुई हजार ५५२ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल तीन लाख ९५ हजार ९६० कोभिड सङ्क्रमितको सङ्क्रमणमुक्त भएका छन् ।

मुस्लिम बहुल यस मुलुकमा कोभिड–१९ सङ्क्रमित १.४३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८२.९२ प्रतिशत विरामी सङ्क्रमणमुक्त भएका छन् ।

यो मुलुकमा सबैभन्दा बढी चार हजार १९ व्यक्ति एकै दिन जुलाई २ मा कोभिड–१९ सङ्क्रमित बनेका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।