अस्मिता अधिकारीको स्वर रहेको गीत ‘माझी दाई’ (भिडियो सहित)

काठमाडौं – नेपाल आइडलबाट चर्चा कमाएकी गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘माझी दाई’ भिडियो सहित सार्वजनिक गरिएको छ । गीतमा अस्मितालाई गायनमा गायक भिम श्रेष्ठले साथ दिएका छन् ।

गीतको भिडियोमा लाहुरे युवकले आफु एक्लो भएको कुरा सांकेतिक रुपमाले प्रस्तुत गरेका छन् । प्रेम, रोमान्सले भरिएको भिडियोमा गायक भीम र स्मृति श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

फराज अर्पणको निर्देशन रहेको भिडियोमा अनिल कटुवाल र फराज अर्पणकै छायाँकन तथा सतिज श्रेष्ठको सम्पादन छ । गीतमा शब्द संगीत पनि फराजकै रहेको छ ।