दैलेखमा जीप दुर्घटनामा परी घाईते भएकाकाे अवस्था गम्भीर

दैलेख –  दैलेखमा भएकाे जीप दुर्घटनामा परी घाईतेभएका दुइ जनाकाे अवस्था गम्भीर भएकाे छ ।

चामुण्डाविन्द्रासैनीमा जीप दुर्घटनाहुँदा तीन जना घाइते भएका थिए । ती मध्य दुई जनाकाे अवस्था गम्भिर भएकाे हाे । सुर्खेतबाट चामुण्डातर्फ जाँदै गरेकाे जीप चामुण्डाविन्द्रासैनी नगरपालिका–४ बुडेयौली पातिकान्ला नजिकै दुर्घटना भएकाे हाे । आइतबार दिउँसो  लु १ च ७५०६ नम्बरको बोलेरो जीप दुर्घटना  भएको प्रहरी चौकी चामुण्डाले पुष्टि गरेको छ ।

दुर्घटनामा चामुण्डाविद्रासैनी-२ का २० वर्षीय चालक दानबहादुर आलेमगर, साेही ठाउँका १९ वर्षीय दिकपबहादुर आलेमगर र चामुण्डाविन्द्रासैनी-१ का १९ वर्षीय लाेकश चलाउने घाइते भएका छन् ।

घाइतेमध्य दिपक र लाेकेशकाे अवस्था गम्भीर रहेकाे र उनीहरूलाइ थप उपचारका लागि दुल्लु अस्पताल पठाइएकाे चामुण्ड प्रहरीले जनाएकाे छ । जीप सडकबाट झण्डै ४० मिटर तल खसेकाे छ । दुर्घटनाकाे कारण नखुलेकाे प्रहरीले जनाएकाे छ ।