विपदबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले  राहत उपलब्ध गराउने

सुर्खेत – कर्णाली प्रदेशमा विपदबाट मृत्यु भएका परिवारका सदस्यलाई प्रदेश सरकारले  राहत उपलब्ध गराउने भएकाे छ ।

 मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले विपदबाट मृत्यु भएका २३ परिवारलाई ४६ लाख रकम दिने निर्णय गरेको हो ।


आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्वीकृत बजेट अन्तरगतको दुर्घटना उद्धार कार्यक्रम शंसोधन गरेर राहत रकम दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । उक्त राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको एकिन गरेर दोहोरो नपर्ने गरी राहत सुविधा उपलव्ध गराइनेछ ।

यस्तै, बैठकले भवन निर्माण र पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान निर्माणको लागि तीन करोड ९३ लाख, प्रहरी संरचना निर्माणमा पाँच करोड र प्रहरी तालिम केन्द्र निर्माणमा एक करोड बजेटको अख्तियारी कर्णाली प्रदेश प्रहरी कार्यालयलाई स्वीकृत प्रदान गरेको छ ।

बैठकले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले प्रस्ताव गरेको संगठन संरचना र दरवन्दी स्वीकृत गरेको छ ।