आँखाको ज्योती गुमाएका बालकलाई आई केयरको सहयोग

मुगु – विगत २ वर्षदेखि आँखाको ज्योती गुमाएका एक बालकलाई उपचार खर्च सहयोग गरिएको छ । आँखाको ज्योती गुमाउँदा पनि गरिबिका कारण उपचार गर्न नसकेका छायाँनाथ रारा नगरपालिका ४ की आमा विष्णु महताराका २ वर्षका छोरा कविराज महताराको उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।

आई केयर फाउण्डेसन नेपाल त्रिपुरेश्वर काठमाण्डौ नेपालले उपचार खर्च वापत नगद ३० हजार सहयोग गरेको छ । अभिभावक सहितको आतेजाते भाडा स्वरुप रकम सहयोग ग्िरएको हो । उक्त रकम नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले शुक्रवार कविराजकी आमालाई हस्तानतरण गरेका हुन् ।

Ads by AdMana.net
जन्म जातै कविराजको एक आँखा मासु पलाएर ज्योति नै गुमेको हो । घरको आर्थिक स्थिती कमजोर भएपछि आँखाको उपचार गर्न नसकेर हालसम्म उनी घरमै बसेका थिए । विगत एक वर्ष अघि जिल्ला आँखा उपचार केन्द्र मुगुमा गएपछि त्यहाँ उपचार सम्भव नभएको भन्दै रेफर गरिएको थियो । तर उपचारका लागि काठमाडौं जाने उनसँग खर्च छैन ।

जिल्ला आँखा उपचार केन्द्र मुगुका कार्यालय प्रमुख धुव्र बुढ्थापाका अनुसार कविराज एक वर्ष पहिले आँखा उपचार केन्द्रमा आएपनि उपचारका लागि परामर्श दिएर पठाईएको हो । उपचार खर्च जुटाउनसके हिमालय आँखा अस्पताल घारीपाटन पोखरामा उपचार सम्भव भएको उनके भनाइ छ ।