झापामा प्लाइ उद्योगमा आगलागी

झापा – झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।