नगरपालिकाले दियो अपांगता भएका व्यक्तिलाई परिचय पत्र

मुगु – २९ औं अपांगता दिवसको अवसरमा मुगुका २५ जना अपांगता भएका व्यक्तिले परिचय पत्र पाएका छन् । जिल्लाको एक मात्र नगरपालिका छायानाथ राराले जिल्लामा सञ्चालित गैर सरकारी संस्था अपांगता पुनर्स्थापना ग्रामिण विकास केन्द्र डार्डो नेपालको समन्वयमा अपांगता भएका व्यक्तिलाई परिचय–पत्र वितरण गरेको हो ।

पहिलो चरणमा नगरपालिकाले गत असोज १४ गते २९ जना अपांगता भएका ब्यत्तिललाई परिचय पत्र बितरण गरेको थियो । दोस्रो चरण अपागंता दिवसका थप २५ जनालाई परिचय पत्र वितरण गरेको हो ।

अपागंता अधिकार ऐन २०७४ र कार्यविधि २०७५ मा उल्लेख भए अनुसार सबै स्थानीय तहलाई अपागंता परिचय पत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाको संयोजकत्वमा गठित ११ सदस्यीय समितिले अपागंता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा निष्पक्ष ढंगबाट पहिचान गरि परिचय पत्र वितरण गरेको हो ।

परिचय पत्र वितरणमा चार प्रकारमा विभाजन गरी वितरण गरिएको हो । यीमध्य ‘क’ वर्गका दुई जना, ‘ख’ वर्गका पाँच, ‘ग’ वर्गमा ६ जना र ‘घ’ वर्गमा १३ जना गरी २५ जनालाई अपांगता परिचय पत्र वितरण गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए ।

अपांगता परिचय पत्र वितरणसहित हिमाली जिल्लामा जाडोको समय सुरु भए पछि यहाँका अपांगता भएका व्यक्तिलाई जाडो छल्नको लागि न्यानो कपडा र कम्मल पनि वितरण गरिएको छ ।

अपांगता परिचय पत्र वितरण र दिवसकै अवसरमा बोल्दै मेयर शाहीले आगामि दिनहरुमा नेपाल सरकार र स्थानीय सरकारबाट पाउने सेवा सुविधा, हक अधिकार अब मुगुका अपांगता भएका व्यक्तिले सहजै रुपमा पाउने विश्वास उनको छ ।

डार्डो नेपालका अध्यक्ष सक्कबहादुर बुढाका अनुसार विगतको सरकार भन्दा हाल नयाँ बनेको संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट अपांगता सम्बन्धि पाउने सेवा सुविधा हक अधिकारबाट पुर्ण विराम लागेको उनको जिकिर छ ।

जिल्लामा रहेको सामाजिक विकास कार्यालयले अपांगता भएका व्यक्तिहरुलाई सहयोग स्वरुप तीन लाख बराबर रकममा सामग्री प्रदान गरेको बुढाले जानकारी दिए । मुगुमकार्मारोगं गाउपालिका र सोरु गाउपालिकाले पनि रकम प्रदान गरे पनि छायानाथ रारा नगरपालिकाबाट कुनै पनि सेवा नपाएको उनको तर्क छ ।