मानव सेवा युवा परिवार कर्णाली प्रदेश गठन

मानव सेवा युवा परिवार कर्णाली प्रदेश गठन

← Back

Thank you for your response. ✨

सुर्खेत- मावन सेवा युवा परिवार कर्णाली प्रदेश समिति गठन गरिएको छ। मानवसेवा आश्रम सुर्खेतले मानव सेवा प्रवद्र्धन गरी मानवीय सेवामा युवा सहभागीता बढाउने उद्देश्यले स्वाथ्यकर्मी तथा सामाजिक अभियान्ता महेन्द्र कुमार थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो ।
समितको सह सहयोगजकमा मनिषा कौशल, सदस्यहरुमा अग्नी अधिकारी, बिन्दु अधिकारी, पुष्पा भण्डारी र सबिता धामी रहेका छन । संयोजक थापाले युवा परिवारमा तत्तकाल एक सय सदस्य बनाइने र समितिलाई जिल्लामा बिस्तार गरी यस समुहमा प्रदेशका ३० हजार युवालाई सहभागिता गराइ मानवीय सेवामा उत्प्रेरित गराइने बताए । उनले युवा परिवार मार्फत विपन्न , असाय अशक्त , अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्ने जानकारी दिए । मानवीय सेवामा रुची राख्ने युवाहरुले युवा परिवारको सदस्य बन्न सक्ने उनको भनाई छ । प्रदेशमा एक सय जना मानवसेवी समुह निर्माण गर्ने उनले जानकारी दिए । मानवसेवा आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीको सहभागितामा मानवसेवा युवा परिवार गठन गरिएको हो ।