राजावादीको प्रदर्शनमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रदर्शन गर्न सुर्खेत प्रशासनकाे अपिल

फायल तस्वीर

सुर्खेत – राज संस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले बिहीबार वीरेन्द्रनगरमा गर्न लागेको प्रदर्शनमा सुर्खेत प्रशासनले हस्तक्षप नगर्ने बताएको छ । देशव्यापी रुपमा राज संस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गरिरहेको स्वतन्त्र नागरिक संघर्ष समितिले भोली सुर्खेतमा प्रदर्शन गर्न लागेको हो ।

तर प्रशासनले भने प्रदर्शन गर्न पाउने संविधानमै व्यवस्था भएकाले कसैलाई रोक नगलाउने जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण फैलिरहेको बेला स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर प्रदर्शन गर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

प्रदर्शनको नेतृत्वकर्तालाई फोन गरेर सकेसम्म प्रदर्शन नगर्न र गर्नै परे सुरक्षा मापदण्ड अपनाएर प्रदर्शन गर्न अपिल गरिएको महतले जानकारी दिए ।

यता, स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य प्रेम विसीले बिहीबार वीरेन्द्रनगरमा बृहत ¥यालीसहित प्रर्दशन गर्न लागेको जानकारी दिए ।

वीरेन्द्रनगरको कालिञ्चोकमा जम्मा भई ¥यालीसहित बजार परिक्रमा गरेर वीरेन्द्रचोकमा कोणसभा गरेर सम्पन्न गरिने विसीको भनाई छ । बृहत प्रदर्शनमा करिब पाँच हजार नागरिकको सहभागिता रहने, दुई हजार बाइक, पैदल मार्च गरेर बजार परिक्रमा गर्ने कार्यतालिका रहेको सदस्य बिसीले जानकारी दिए ।

के छ संविधानमा
नेपालको संविधान २०७२ को भाग ३ मा मौलिक हक र कर्तव्यको स्वतन्त्रताको हकमा विचार र अभ्रिव्यक्तिको स्वतन्त्रता एवम् शान्तिपूर्वक भेला हुने स्वतन्त्रता गर्न पाउने व्यवस्था छ ।