जन्मदिनकाे अवसरमा काँग्रेस नेता खत्रीले गरे सल्यान अस्पताललाइ ‘हिल ट्यांकी’ सहयाेग

.

सल्यान – नेपाली काँग्रेस सल्यानका महाधिबेशन प्रतिनिधि एवम् उद्योग व्यापार संघका केन्द्रिय सदस्य दिपेन्द्र कुमार खत्रीले आफ्नाे जन्मदिनकाे अवसरमा सल्यान अस्पताललाइ खानेपानी ट्यांकी सहयाेग गरेका छन् ।

आफ्नाे ५० औं जन्मदिनको अवसरमा मंगलबार उनले सल्यान अस्पताललाइ हिल ट्यांकी सहयाेग गरेका हुन् । अस्पताल आउनुहुने बिरामी र कर्मचारीलाई मध्यनजर गर्दै खानिपानीको सुबिधा होस् भन्ने ध्ययका सहयाेग गरिएकाे काँग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले बताए ।

हिल ट्यांकी सचिव भण्डारी लगाएतकाे टिमले हस्तान्तरण गरेका हुन् । सहयाेग पठाउने खत्री भने राजधानी काठमाण्डाैं बस्ने गर्दछन् । उनकाे स्थायी घर सल्यानकाे बाफुखाेला हाे ।

सहयाेग हस्तान्तरण गर्दै काँग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले आफुरुले विभिन्न समयमा सल्यान अस्पताललाइ सहयाेग गर्दै आएकाे बताए । उनले आफुहरु व्यक्तिगत र पारिवारिक जीवनले बाँधिएपनि कहिलेकहीँ सामाजिक जीवनमा क्रियाशिल हुने गरेकाे बताए । (लेकाली अनलाइन)