सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ४ बजेडीचौरमा १५ शैयाको अस्पताल शिलान्यास गरिएकाे छ। नेपाल सरकारका स्वास्थ तथा जनसख्या राज्य मन्त्री नवराज रावतले शिलान्यास गरेका हुन्।बजेडिचौरकाे पुरानो विद्यालय नजिकै विशेषज्ञ सेवा सुविधा सम्पन्न १५ सैयाकाे अस्पताल भवन निर्माणको लागि साेमाेबार अस्पताल शिलान्यास गरिएकाे हाे ।
शिलान्यास कार्यक्रमलाई सम्वाेधन गर्दै देश भर अस्पताल नभएका क्षेत्रहरुमा शिलान्यास कार्यक्रम गरिएकाे मन्त्री रावतले बताए । करिब ४ सय स्थानीय तहमा र सात वटै प्रदेशमा बजेट विनियोजन गरि सरकारले अस्पताल निर्माणको लागि भवनकाे शिलान्यास गरेकोले जनताको लागि अाजकाे ऐतिहासिक र खुसिकाे दिन भएको उनकाे भनाई छ ।
अस्पताल तयारीसँगै सरकारले विशेषज्ञ सेवा सञ्चालन गरे पछि यहाँका नागरिक अब स्वास्थ्य सेवाबाट विमुख हुनुपर्ने दिन हट्ने उनकाे भनाई छ ।