विद्यार्थीको पहिलाे राेजाईमा परेकाे पढ्दै कमाउदै गर्न मिल्ने जनज्योतिमावि (फोटोफिचर)

 सुर्खेत – जनज्योति माध्यमिक विद्यालय जिल्लाकै पहिलो सीटीइभीटीको प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेको सामुदायीक विद्यालय हो । बराहताल ५ बड्डिचौरमा अवस्थित यस विद्यालयमा १२ कक्षासम्म र प्राविधिकतर्फ १८ महिने कृषि र भेटेरिनरी तथा ३ वर्षे कृषि र भेटेरिनरी पढाइ हुनेगरेको छ ।

 

कक्षा ६, ७ र ८ मा पेसा व्यवसाय तथा कक्षा ९ र १० मा कृषि ऐच्छिक विषय राखिएको विद्यालयले जनाएको छ । जसमा उनीहरु पढाइसँगै खेती पनि गर्छन् । विद्यार्थीले पढाइका साथै कृषि र पशुपालन गरिरहेका छन् । बाख्रा, बङ्गुर, माछा, माहुरी पालन, च्याउ टमाटरलगायत तरकारी र फलफूल खेती गरिरहेको सत्यपत्रिकासंगकुरा गर्दै प्रधानध्यापक नारायण प्रसाद सिग्देलले जानकारी दिए ।

विद्यालयले प्राविधिक विषय पढ्ने विद्यार्थीलाई पढ्दै कमाउदै गर्ने अवसर समेत दिनेगरेको प्रधानध्यापक सिग्देलको भनाई छ । जसले गर्दा जनज्योति मावि विद्यार्थीको आकर्षण केन्द्र बनेको छ । प्राविधिक पढ्न आएका नयाँ विद्यार्थीका लागि विद्यालयले उत्प्रेरणात्मक कक्षा सञ्चालन गर्ने गरेको समेत विद्यालयले जनाएको छ ।

हाम्रो विद्यालयका विद्यार्थी पढाइसँगै खेती पनि गर्छन् । जसले उनीहरुलाई रोजगारी र आम्दानी पनि दिलाइरहेको छ । पढाइ खर्चका लागि कसैसँग हात थाप्नु परेको छैन प्रधानध्यापक सिग्देल भन्छन् । मुख्य कुरा उद्यम चलाउने साहस बटुलिरहेका छन् । कृषि सबैले हेला गर्ने क्षेत्र होइन भन्ने स्थापित पनि गराइरहेका छन् । विद्यालयले विद्यार्थिलाई पढ्न मात्र नभए उत्पादन गर्न पनि सिकाइरहेको विद्यालयले जनाएको छ।