४ स्वास्थ्यकर्मी सहित थप २८८ जनामा कोरोना पुष्टि

काठमाडौं— नेपालमा थप २८८ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ। जसमध्ये २ सय ६६ जना डिस्चार्ज भएका छन्