सल्यानमा नयाँ अवधारणा : जिल्ला परिक्रमण गर्ने पर्यटकीय चक्रपथ

सल्यान – सल्यान जिल्ला परिक्रमण गर्ने पर्यटकीय चक्रपथ भएकाे प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले बताएका छन् । २०७४ पछिको यो काम साहासिक कदम भएकाे समेत उनकाे भनाइ छ ।

स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७/७८ का लागि छनोट गरिएका आयोजनाहरुको विवरण सार्वजनिक गर्दै बुधबार सदरमुकाम खलंगामा पत्रकारसँग भएकाे भेटमा उनले सल्यान चक्रपथकाे बारेमा पनि जानकारी गराएका थिए ।

 

उनकाअनुसार चक्रपथले शारदा नगरपालिका र सिद्द कुमाख गाउँपालिका बाहेक अरु ८ वटा स्थानीय तहलाइ समेट्ने छ । सल्यानसँग सिमाना जाेडिएका जिल्लाहरुलाइ पनि चक्रपथले छुने उनले बताए ।

यस चक्रपथले दाङ, बर्दिया, सुर्खेत, जाजरकोट, रुकुम र रोल्पाको सिमाना हुँदै सल्यान परिक्रमा गर्ने छ । कपुरकाेटबाट सुरु हुँदै मखनटाकुरी, करेलीचाैर, अखेला, चाेथ्रे, कालीमाटी रामपुर, काल्चे डाँडा, सुर्खेतकाे गुर्भाकाेट, बाेटेचाैर हुँदै सल्यानकाे बालुवासंग्रही, सल्लीबजार, राइरा, लाँघार, दार्मा र कुमाखकाे सिलिङ्गे, रुकम झुल्नेटा हुँदै सल्यानकाे बाफुखाेला, राेल्पाकाे महानेटा हुँदै सल्यानकाे पातिहाल्न, झ्याम, काेइला निगालपानीबाट पुनःह कपुरगकाेट जाेडिने सांसद बस्नेतले बताए ।

याे चक्रपथ करिब २ सय ६० किलोमिटर रहेकाे छ । हालसम्म कपुरकोट, छत्रेश्वरी, बागचौर, दार्मा, कुमाखमा चक्रपथको काम सम्मपन्न भएकाे छ । बनगाड, कालिमाटी र त्रिवेणीको भने करि १०० किलाेमिटर सडक निर्माण गर्न बाँकी रहेकाे र कामका निम्ती निरन्तर काम गरिने उनले बताए ।

याे वर्ष पर्यटकीय चक्रपथका लागि मख्खनटाकुरी–गैरीकटेरी–करेलीचौर–कालापोखरा–अखेला जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि २० लाख रकम छुट्याइएकाे छ भने कपुरकोटदेखि मख्खनटाकुरीसम्म ९ लाख छुट्याइएकाे छ ।( लेकाली )