सल्यानमा ४ कराेड बजेट विनियाेजन, २८ वटा याेजना छनाेट भए (हेर्नुहाेस् सुचिसहित)

सल्यान – स्थानीय पुर्वधार विकास साझेदारी कार्यक्रमबाट सल्यानमा यस आर्थिक वर्ष २०७७/०७८ मा ४ कराेड बजेटका याेजनाहरु छनाेट गरिएकाे छ । ५ लाख देखि ३० लाखसम्मका २८ वटा याेजना यसवर्ष सल्यानमा छनाेट गरिएकाे प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले जनाएका छन् ।

बुधबार जिल्ला समन्वय समिती सल्यानकाे कार्यालयमा पत्रकार सम्मेलन गर्दै सांसद बस्नेतले २८ वटा याेजनाहरुकाे सार्वनजिक गरेका हुन् । छनाेट भएका याेजनाहरु सडक, पुल, शैक्षिक क्षेत्र, सिंचाइ, खानेपानी पुर्वधार रहेका छन् ।

जसमा सबैभन्दा बढी बजेट सडक निर्माणमा रहेकाे छ । सडकमा मात्रै २ कराेड २० लाख रहेकाे छ । जिल्लाभर १० वटा सडकका याेजनाहरु छनाेट भएका छन् ।लेकाली अनलाइनमा समाचार छ ।

त्यसैगरी शैक्षिक क्षेत्रमा ७५ लाख विनियाेजन गरिएकाे छ । शैक्षिक क्षेत्रमा विद्यालयकाे फिल्ड निर्माण, भाैतिक संरचना, गेट निर्माण तथा घेरबार रहेकाे छ । जसमा ८ वटा विद्यालय छनाेट भएका छन् ।

त्यस्तै सिंचाइमा ३ वटा याेजनाहरु छनाेट भएका छन् । जसमा २८ लाख बजेट छ । खानेपानीमा पनि ३८ लाखका ३ वटा याेजनाहरु छनाेट भएका छन् । अन्य पुर्वधारमा ३४ लाखका ४ वटा याेजनाहरु छनाेट भएका छन् ।

यस्ता छन् याेजनाहरु

सडक पूर्वाधार अन्तरगत

१) कालीमाटी–४, खैरेनी–छापडाँडा–बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुला जोड्ने सडक ट्रयाकओपन गर्न रु २० लाख ।

२) कालीमाटी–२, जुगेना–फारुला–पैँयाकाँडा–कोछठ्ठे–नयाँ वन जोडने सडक ट्रयाक ओपन रू २० लाख ।

३) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान त्रिवेणीको मख्खनटाकुरी–गैरीकटेरी–करेलीचौर–कालापोखरा–अखेला जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू २० लाख ।

४) कपुरकोट–३, कपुरकोट–झुलनेना–सिमलकुना– दाङ्गको हलवार जोडने सडक ट्रयाक ओपन रू ३० लाख ।

५) छत्रेश्वरी–५, लेखपोखरा–झिम्पे ठूलीखर्क–राँगोहाने जोडने सडक ट्रयाकओपन रू ३० लाख ।

६) छत्रेश्वरी–४, झिम्पे खोलागाउँ–झङखानीबाट कपुरकोट–६, सिनवाङ्ग खानीगाउँ जोडने सडक ट्रयाकओपन रू १० लाख ।

७) शारदा नगरपालिका–६, कजेरी सापमाराबाट शारदा नगरपालिका–५, सेजुवालटाकुराको साइलेकम्द हुँदै सल्यान खलङ्गा जोडने सडक ट्रयाकओपन रू २० लाख ।

८) सिद्धकुमाख–३, माझखर्क–शारदा नगरपालिका–७, कजेरी कालिका मा.वि.जोडने सडक स्तरबृद्धि गर्न रू १० लाख ।

९) जिल्ला पर्यटकीय चक्रपथ, सल्यान बन्गाड कुपिण्डे नगरपालिका–११, माँझकाँडाको लक्षुहाले–रैकर जोडने सडक ट्रयाकओपन रू ३० लाख ।

१.१०) बागचौर नगरपालिका–९, कोटमौला लिउरेवारी–कोटबाराको गाँराकोट–परीलेख–मौरीघारे–चार जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू ३० लाख ।

शैक्षिक/विद्यालय पूर्वाधार

१) कपुरकोट–४, धनबाङ्ग सरस्वती आधारभूत विद्यालय चुनवाङ्ग गाँरापानी घेरवार गर्न रू ७ लाख ।

२) शारदा नरपालिका–१३, स्यानीखाल अत्तरकाँडा दिपेन्द्र चौतारा आधारभूत मा घेरवार, टिनको छाना फेर्न रू ७ लाख ।

३) शारदा नगरपालिका–११,जनचेतना आधारभूत विद्यालय भौतिक संरचना निर्माण रू ८ लाख ।

४) बन्गाड कुपिण्डे नगरपालिका–६, घाँजरीपीपल श्री राधा नि.मा.वि. घेरबार गर्न रू ७ लाख ।

५) कुमाख गाउँपालिका–३, स्वीकोट कालिका आधारभूत विद्यालय घेरबार गर्न रू ७ लाख ।

६) कुमाख गाउँपालिका–५, कालागाउँ अरनीको मा.वि.कोटनाउला गेट निर्माण तथा घेरबार निर्माण रू २० लाख ।

७) दार्मा गाउँपालिका–४, भल्चौरको लाँकुरीडाँडा कालिका आधारभूत विद्यालयको खेलमैदान निर्माण रू ९ लाख ।

८) बागचौर नगरपालिका–२, थारमारे बनेचौर मा.वि.को खेलमैदान निर्माण रू १० लाख ।

सिंचाई पूर्वाधार

१) सिद्धकुमाख गाउँपालिका–२, सिद्देश्वरी लामपाटा सिंचाई कुलो मर्मत सम्भार गर्न रू ८ लाख ।

२) कुमाख गाउँपालिका–२, स्वीकोट मैनचौर–रातामाटा–सिरवारखोला अधूरो सिंचाई आयोजना पूरा गर्न रू १० लाख ।

३) दार्मा गाउँपालिका–३, भल्चौर चैतेखोला–सोताखेत–भातमारे सिंचाई आयोजना रू १० लाख ।

खानेपानी पूर्वाधार

१) त्रिवेणी गाउँपालिका–२, काँरागिठी ढोरपानी खानेपानी आयोजना रू २० लाख ।

२) कपुरकोट गाउँपालिका–३, काले अधुृरो लिप्ट खानेपानी आयोजना पूरा गर्न रू ८ लाख ।

३) दार्मा गाउँपालिका–५, ढाकाडाम टिकेपातल धारा वितरण खानेपानी आयोजना रू १० लाख ।

सडक पुल/ अन्य पूर्वाधार

१) शारदा नगरपालिका–१, पटनेरी जिल्ला आँखा अस्पताल भवन र्ममत सम्भार रू ५ लाख ।

२) छत्रेश्वरी गाउँपालिका–७, छायाक्षेत्र जिताठान प्रगतिशिल सामुदायिक २ कोठे भवन निर्माण आयोजना रू १० लाख ।

३) दार्मा गाउँपालिका–३, भल्चौर फारुला बजार दार्माखोला आर.सि.सि.सडक पुल निर्माण आयोजना रु १० लाख ।

४) डिपीआर/ आइए जिल्ला पर्यटकीय चक्रपथ, सल्यान कपुरकोटदेखि मख्खनटाकुरी–त्रिवेणीको अखेलासम्म, कपुरकोट गाउँपालिका रू ९ लाख ।

 

स्थानीय पुर्वधार विकास साझेदारी कार्यक्रमबाट गत वर्ष सल्यानमा ६ कराेड बजेट परेकाे थियाे । काेराेना महामारीले गर्दा यस वर्ष २ कराेड घटेर बजेट आएकाे संसद बस्नेतले बताए ।

उनका अनुसार गत वर्ष सल्यानमा २४ वटा याेजनाहरु छनाेट भएका थिए । गत वर्ष केहि अधुरा भएका याेजनाहरुलाइ पनि क्रमागत रुपमा बजेट राखिएकाे उनले बताए ।

यी याेजनाहरु सम्बन्धित क्षेत्रका स्थानीय तहहरुले कार्यन्वयन गर्ने प्रावधान रहेकाे सांसद बस्नेतकाे भनाइ छ । टेण्डर, सम्झाैता, भुक्तानी स्थानीय तहले नै गर्ने र अनुगमन जिल्ला समन्वय समितीका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि र प्रतिनिधि सभाका सदस्यका प्रतिनिधिले गर्ने उनले बताए ।