बुटवल – नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ रुपन्देहीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालोझण्डा देखाएका छन् ।
लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क नेपालगञ्जरोडमा कालोझण्डा देखाएको नेपाली काँग्रेसका युवा नेता विष्णु पोखरेलले रातोपाटीलाई बताए ।
मङ्गलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा दुई दिन विभिन्न कार्यक्रममा सहभागी हुदैछन् । सडकमा बाक्लो सङ्ख्यामा रहेका तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।
बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि कालो झण्डा प्रदर्शनका क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको प्रहरीले जनाएको छ ।