बढाउदै फुटपाथले दुर्घटनाको जोखिम , फुटपाथका सामग्री हटाउन बल प्रयोग गर्ने नगरपालिकाको तयारी

सुर्खेत – फुटपाथले दुर्घटनाको जोखिम र आवतजावत नै कठिन हुन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले मंगलबारदेखि हटाउने तयारी थालेको छ । फुटपाथका सामग्री हटाउनु पूर्वत् जानकारी गराइसकेको नगरपालिकाले भोलीदेखि अटेरी गरेर बल प्रयोग गरेर खाली गर्ने तयारी गरेको हो ।

मुख्यमगरी बजार क्षेत्र र अन्य सहायक मार्गहरुमा फुटपाथमा गरिने व्यापार, होडिङ बोड लगायतले नगरको सौन्र्दयता नै कु्रप बनाएको भन्दै नगरपालिकाले आक्रामक रुपमा हटाउने गृहकार्य थालेको छ ।

‘आफै सामग्री हटाउन अपिलसहितको सूचना माइकीङमार्फत जानकारी गरिसकेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले भने, ‘मंगलबारदेखि सडक किनारामा राखिएका सामान जफत गर्ने नगरपालिकाले तयारी गरेको छ ।’

वीरेन्द्रनगरको घण्टाघर लाइन, म‌ंगलगढी क्षेत्र र वीरेन्द्रचौकदेखि यरिचौक जाने सडकमा सडक किनारामा गरिने व्यापारले आवागमनमै सकस हुने गरेको छ ।

मुख्यगरी विच बजारका अधिकाँश ठाउँमा व्यापारीहरुले सडकसम्मै ढाकिने गरी सामान राख्दा पैदलयात्रुलाई हिड्न असज हुने गरेको नगरपालिकाको भनाई छ ।

मंगलबारदेखि बजार क्षेत्रमा आफूखुसी सामान सडक किनारामा राख्नेको सामान जफत गर्ने, अटेरी गर्नेलाई पक्राउ गरेर कानूनी कारवाही गर्ने तयारी नगरपालिकाको छ । फुटपाथ खाली गराउन नगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय गरेको जनाएको छ ।