राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश रासस २०७७ मंसिर ८, सोमबार प्रकाशित काठमान्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६ । ७७ को वार्षिक प्रतिवेदन पेश भएको छ । आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आयोग नेपालको संवैधानिक संस्था हो ।