भारत र पाकिस्तानको सीमामा भेटियो सुरुङ

एजेन्सी – भारत र पाकिस्तानबीचको सीमामा चरमपन्थीहरुले प्रयोग गर्ने १५० मिटर लामो सुरुङ भेटिएको छ । जम्मु काश्मिरको सांबा जिल्लामा उक्त सुरुङ भेटिएको हो । भारतीय बिएसएफका जवानहरुले गस्ती गर्ने क्रममा सीमामा १७९ नम्बर पिल्लरको छेउमा उक्त सुरु भेटेका हुन् ।

बिएसएफका आइजी एनएस जामवालका अनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्र सुरुङ भेटिनुले स्पष्ट पार्छ कि पाकिस्तानी सेनाले आतंकवादीहरुलाई मद्दत गरिरहेका छन् । उनले बिहीबार भएको नगरोटाको भीडन्तका क्रममा उनीहरुले यो सुरुङ प्रयोग गरेका हुनसक्ने बताए । जम्मुको नगरोटाको भीडन्तमा भारतीय सुरक्षाकर्मीहरुको आक्रमणमा परेर ४ जनाको मृत्यु भएको थियो ।