अमेरिकी चुनावमा ट्रम्पको तमासा : जर्जियाबाट फेरि हारकाे खबर पाए

एजेन्सी – हार भोगेपछि चुनावी नतिजा बदल्न अनेक तिकडम गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि झट्का लागेको छ। आफ्नै माग बमोजिम दोहोर्‍याएर मत गन्दा पनि जर्जिया र मिचिगनबाट ट्रम्पले दोहोर्‍याएर हार भएको खबर सुन्नुपरेको छ।

जर्जियाले चुनावी नतिजा राष्ट्रपति निर्वाचित जो बाइडनको पक्षमा आएको निर्णय गरेको छ। बाइडेनले यहाँ १२ हजारभन्दा धेरै मत पाउँदै जीत हासिल गरेका हुन्। यसको अर्थ बाइडनले यो राज्यका सबै १८ इलेक्टोरल सीट जितेका छन्।

ह्वाइटहाउसमा ट्रम्पलाई भेटेपछि मिसिगन राज्यका नेताहरुले बाइडनको जीत उल्ट्याउने कुनै आधार फेला नपरेको प्रतिक्रिया दिएका छन्।

अमेरिकी चुनावमा बाइडनले ट्रम्पभन्दा ६९ लाख बढी मत पाएका छन्। उनी राष्ट्रपतिमा निर्वाचित पनि भइसकेका छन्। तर, हालका राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफ्नो हार स्वीकार गरेका छैनन्। उनले कुनै प्रमाण बिना नै चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन्।

तीनवटा राज्यले मतपरिणामविरुद्ध ट्रम्पले दिएको कानूनी चुनौती खारेज गरिदिएका छन्।