मुस्कुराउँदै बैठक कक्षमा पसे ओली

काठमाडौं- नेपाल कम्युनिस्ट पाटी) (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अधयक्ष केपी शर्मा ओली सहभागी भएका छन् । भर्खरै सुरु भएको बैठकमा प्रधानमन्त्री ओली मुस्कुराउँद हलमा प्रवेश गरेका थिए । बैठकअघि केहीबेर प्रचण्ड र ओलीबीच सामान्य छलफल भएको बताइएको छ।

अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए ।

तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी भएका हुन् । आजको बैठक केहीबेर बसेर स्थगित हुने बुझिएको छ । (रातोपाटी )