म्युजिक भिडियोमा अभिनयको मौका दिनुअघि ‘बलात्कार’ प्रयास

काठमाडौं – किशोरीलाई म्युजिक भिडियोमा अभिनयको मौका दिनुअघि बलात्कार प्रयास गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्रेको छ ।

सर्लाहीको चन्द्रपुर नगरपालिका–४ घर भइ काठमाडौं बस्दै आएका रविराज साहलाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो । म्युजिक भिडियो बनाउँदै आएका साह जडिबुटी बस्थे ।

जनकपुर बस्ने एक किशोरीलाई उनले ‘म्यूजिक भिडीयोको सुटिङ छ’ भनेर काठमाडौं बोलाए । तर, भिडियोमा खेल्न दिनुअघि रविराजले जडिबुटीस्थित कोठामा लगेर बलात्कारको प्रयास गरेको किशोरीले बताएकी छिन् ।

जडिबुटीबाट साहाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । बस्नेतले भने, ‘बलात्कार प्रयास मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’ (रातोपाटी)