चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री आज आमने-सामने

काठमाडौं – चीनका राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज आमने-सामने हुने भएका छन्।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको अध्यक्षतामा आज हुने ब्रिक्स सम्मेलनमा दुई शक्ति राष्ट्र प्रमुखहरु आमने-सामने हुन लागेका हुन्।

पछिल्लो समय भारत चीनबीच तनाव चुलिँदै जाँदा आज हुने वार्तालाई महत्वपुर्ण ठानिएको छ। आज भिडियो कल मार्फत हुने वार्तामा दुई देशबीचको सीमा सुरक्षा र कोरोना महामारी रोकथामका बारेमा पनि छलफल हुन सक्ने द टाइम्स अफ इन्डियाले जनाएको छ।

पछिल्लो एक महिनामा दुई देशका प्रमुखको यो दोस्रो वार्ता हो।