आजकाे राशिफल

मेष – घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।

 

मिथुन – ज बजार घुम्ने अवसर मिल्नेछ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । धर्म,कर्ममा मन लाग्ने र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

 

सिंह – मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।

 

तुला – रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

 

धनु – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

 

कुम्भ – आज पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

 

वृष – आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

 

कर्कट – मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

 

कन्या – अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

 

वृश्चिक – कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

 

मकर – रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

 

मीन – मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । – ( हाम्राे पात्राे )