काठमाडौं – कोरोना संक्रमण हुने दर बढ्दै गएको छ । अघिल्लो २४ घण्टामा विश्वभर ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण देखिएको थियो । तर, पछिल्लो २४ घण्टामा संक्रमितको संख्या बढेर ६ लाख ५७ हजार ३१२ पुगेको छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३१ लाख ६४ हजार ८०३ जनालाई कोरोना संक्रमण भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ७९७ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या पनि अघिल्लो दिनको तुलनामा केही धेरै हो ।
कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ५७६ जनाको मृत्यु भइसकेको छ ।
विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।