काठमाडौं – तुर्कमेनिस्तानका राष्ट्रपतिले आफ्नो प्रिय कुकुरलाई उच्च सम्मानसहित सूनको मूर्ति बनाएका छन् ।
गुर्ब्याङ्गुली बर्डीमुखामेडोभले गत मंगलबार एल्याबे प्रजातिको कुकुरको १९ फिट अग्लो मूर्ति अनावरण गरेका छन् ।
त्यहाँको सरकारका अनुसार यो मूर्ति काँसले बनाइएको छ र यसमा २४ क्यारेटको सुनको जलप लगाइएको छ । मूर्तिको उचाई १९ फिट छ । कुकुरको मूर्तिलाई त्यहाँको नयाँ इलाका अश्गाबातमा राखिएको छ जहाँ सरकारी अधिकारीको आवसीय व्यवस्था मिलाइएको छ ।
स्मरण रहोस्, कुकुरको यो प्रजातिलाई त्यहाँका मानिसहरुले निकै रुचाउँछन् । यो प्रजातिको कुकुर त्यहाँ मात्रै जन्मन्छन् त्यसैले पनि यसलाई तुर्कमेनिस्तानको राष्ट्रिय पहिचानको रुपमा हेर्ने गरिन्छ ।
राष्ट्रपतिले कुकुरको यो प्रजातिलाई उच्च सम्मान दिएको यो पहिलो घटना भने होइन, यसअघि पनि उनले एल्याबेका लागि एउटा किताब समर्पित गरेका थिए । -बीबीसी