वीरेन्द्रनगरको ९ नं. वडामा प्रहरी विट स्थापना

 सुर्खेत –  वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को दक्षिण क्षेत्र चाँदन चौकीमा आज प्रहरी विटको स्थापना गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयको सहयोगमा चाँदन चौकीमा सुरक्षा दृष्टीकोणलाई मध्यनजर गर्दै प्रहरी विटको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र प्रसाद भट्टले संयुक्तरुपमा प्रहरी विटको उद्घाटन गरेका हुन्।

नगरप्रमुख सुबेदीले  नगरको प्रमुख पर्यटकिय वडा रहेको यो वडामा पर्यटकहरु भित्र्याउनकालागि पनि सुरक्षा व्यवस्थामा ध्यान दिइएको बताए । उनले प्रहरी विट स्थापना भएसंगै समाजमा रहेका विकृति र विसंगतीमा कमी आउने विश्वास व्यक्त गरे ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्टले शान्ति सुरक्षाकालागि प्रहरी नागरिकको सहकार्य हुन जरुरी रहेको बताए । प्रहरी एक्लैले सुरक्षा गर्न सक्दैन उनले भनेऽ त्यसकालागि नागरिककाे साथ नितान्त आवश्यक रहेको  हुन्छ ।

 

९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेका नागरिकहरुको सुरक्षा एवंम् वडामा रहेका पर्यटकिय क्षेत्रहरु काँक्रेविहार शिवमन्दीर अँधेरी गुफा र देउती बज्यैको मुल मन्दीरमा पर्यटकको सुरक्षाकालागि हामीले १ बर्ष अगाडी वडाको लाटीकोइलीमा अस्थाई प्रहरी विट स्थापना गरेका थियौ । अहिले अझै विस्तृत सुरक्षाकालागि वडाको दक्षिण क्षेत्रमा प्रहरी विट स्थापना गरेको बताए।
कार्यक्रममा प्रहरी विट राख्नकालागि जग्गा प्रदान गर्नुहुने स्थानीय ललिता शाहलाई सम्मान गरिएको थियो ।