काठमाडौँ – डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाको लक्षण देखिएपछि बिहिबार पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार उनमा रुघा, खोकी लाग्नुको साथै ज्वरो र श्वासप्रश्वासको समस्या समेत देखिएको छ। हाल उनको डा. सुवास आचार्यको टीमको निगरानीमा त्रिवि शिक्षण अस्पतालस्थित गणेशमान सिंह स्मृति भवनमा उपचार भैरहेको छ।
ताजा खबर