पालमा कोरोना संक्रमण बढ्दो, आजमात्रै थपिए १७० जना संक्रमित

काठमाडौं—नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाकाअनुसार झापाका २८ जना, सप्तरीका ४ जना, बाराका ४, पर्साका ५ जना, सर्लाहीका ५ जना, म्याग्दीका १ जना, कपिलबस्तुका ५१ जना, बाँकेका १० जना, नवलपरासी बर्दघाटका २, रौटहटका ५६, रुपन्देहीका १ र दाङका २ जनामा थप संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको हो । जसमध्ये २०६ संक्रमितले कोरोना विरुद्धको लडाइ जितेका छन् । आजमात्रै १९ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।