सिरहा – सिरहाको गोलबजार नपा ६ लामाटोलबाट करिव ७ लाख नक्कली नोट सहित प्रहरीले तीन जना पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कर्यालय गोलबजार र सशस्त्र प्रहरी वेसक्याम्प गोलबजारको संंंयुतm टोलिले हजार दरको ६ लाख ८४ हजार नक्कली नोट सहित गोलबजार नपा १२ वेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नपा ७ का २४ वर्र्षीय विमलेन्द्र नायकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी सिराहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले जनाकारी दिए ।
असोज २१ गतेबाट उनीहरु तिनैजना गोलबजार नपा ६ को लामाटोलका वीरेन्द्र महतोको घरमा भाडामा वस्दै आएका थिए । विशेष सुचनाको आधारमा त्यहाँ पुगेका प्रहरीले वडा अध्यक्ष बसन्त लामाको उपस्थितिमा खान तलासी गरेका थिए ।
उनीहरुसँग अझै दुईजना रहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । ती दुईजनाभने भाग्न सफल भएको बताइएको छ ।
प्रहरीले उनीहरुको डेराबाट ३ थान मोवाईल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु समेत थान बरामद गरेको छ ।
प्रहरीका अनुसार ३ लाख नक्कली नोट पूर्णरुपमा तयारी अवस्थामा र ३ लाख ८४ हजार फोटोकपी पेपरमा प्रिन्ट गरी काट्न वाँकी रहेको अवस्थामा बरामद गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर सन्तोष राई र सशस्त्रका इन्सपेक्टर रोशन थापाको संयुक्त टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी सिराहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेल जनाएको छ ।
।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । यो समूह २ वर्ष भन्दा लामो समयदेखि नक्कली नोटको कारोवारमा सक्रिय रहेको स्रोतले जनाएको छ । ( राताेपाटी )