३ सय शय्याको सरुवारोग अस्पताल बनाउन १२ अर्ब ४६ करोड

अर्थमन्त्री डा. युवराज खतिवडा संसदमा बजेट पेश गर्दै। तस्बिर- रासस।
काठमाडौँ– आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सरकारले तीन सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने बताएका छन्।

सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिर्नुका साथै स्वास्थ्य पूर्वाधार विकास लागि सरकारले १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको बताए।