विहारमा भाजपा-जेडीयू गठबन्धनलाई पूर्ण बहुमत, नितिशकुमार फेरि मुख्यमन्त्री बन्दै

काठमाडौं – भारतको बिहार राज्य विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र जनतादल युनाइटेडसहितको गठबन्धनले पूर्ण बहुमत प्राप्त गरेको छ ।

२ सय ४३ विधानसभा सीटका लागि भएको निर्वाचनमा एनडीएले १ सय २५ सीट जितेको छ ।

भाजपाले ७५ र जेडयूले ४३ सीट जितेको छ । विहारमा सरकार बनाउन १ सय २२ सीटको बहुमत आवश्यक पर्छ ।

यो जीतसंगै गठबन्धनले मुख्यमन्त्री रुपमा अघि सारेको नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

एनडीएको प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको आरजेडी र कांग्रेसलगायतको महागठबन्धनले भने १ सय १० सिट हात पारेको छ ।

महागठबन्धनको नेतृत्व गरेको आरजेडीले ७५ सीट जितेको छ । यो गठबन्धनले लालुका छोरा तेजस्वी यादबलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।

कोराना महामारीका बीच तीन चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा ५७ प्रतिशत भन्दा बढी मत खसेको थियो ।

निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले तेजश्वी नेतृत्वको महागठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए ।(एजेन्सी)