दयाहाङसँग बिमलाको ‘आउन माया’ ( भिडियाे सहित )

काठमाडौं –  गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीत ‘आउन माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हरि लम्सालको शब्द, संगीत र एरेन्ज रहेको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाउन खोजेको छ । भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ ।

भिडियोमा आफूलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथा बुनिएको छ ।
किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोमा दयाहाङ राई र बिमलाको अभिनय रहेको छ । अनिल रानाको सम्पादन, भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन भिडियोमा रहेको छ ।

( भिडियाे सहित )