काठमाडौं – प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा पुनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले मोल्डेलाई ४-१ गोल अन्तरले पराजित गर्न सफल भएको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे जोय उलोकले एक-एक गोल गरे । दुई गोल आर्सनलले आत्मघाती उपहार पाएको थियो । उता मोल्डेका लागि मार्टिन इलङ्गेसनले एक गोल गरे ।
खेलको २२औँ मिनेटमा मोल्डेका लागि मार्टिनले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा मेल्डेका क्रिस्टोफेर हुगेनले आत्मघाती गोलबाट आर्सनलले खेलमा बराबरी ल्यायो ।
६२औँ मिनेटमा मेल्डेका सेरिफ सिनेयाले आत्मघाती गोल गर्दा अर्सनलले आफ्नो अग्रता २-१ गोलमा पुर्यायो । ६९औँ मिनेटमा पेपेले गोल गर्दा आर्सनलले आफ्नो अग्रता ३-१ गोलमा पुर्यायो ।
८८औँ मिनेटमा जोयको गोलमार्फत आर्सनलले खेलमा ४-१ गोल अन्तरले जित निकाल्न सफल भयो । जितसँगै आर्सनलले समूह ‘बी’मा तीन खेलबाट ९ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित मोल्डे ६ अंकसहित दोस्रो स्थानमा छ ।