महामारीसँग जुध्न जनस्वास्थ्यसँग सरोकार राख्ने संघसंस्थाहरुको सहकार्य आवश्यक : संघ

काठमाडौँ – नेपाल डाइटिसियन संघले कोरोनाको महामारीले ल्याउने अक्लपनिय परिस्थितिको सामना गर्न सबै जनस्वास्थ्यसँग सरोकार राख्ने संघसंस्थाहरुको सहकार्य आवश्यक रहेको बताएको छ।

गएको मंगलबार एक विज्ञप्ति जारी गर्दै कोभिड-१९सँग जुध्न स्वास्थ्य सम्बन्धित निकायहरुको सहकार्य आवश्यक रहेको जनाएको हो। यसको साथै संघले हालसम्म कोरोनाको औषधी भ्याक्सिन पत्ता नलागेको कारण यसको नियन्त्रणको लागि प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पौष्टिक आहारले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा समेत स्वस्थ तथा सन्तुलित भोजन खानु पर्ने सुझाएता पनि कोरोना ट्रेसिङ टिम देखि केन्द्रिय, प्रादेशिक स्वास्थ्य संस्थाहरुमा समेत दक्षता हासिल गरेको पोषण तथा आहारविदहरुलाई समाबेश नगरेको भन्दै संघले विज्ञप्तिमार्फत दुख व्यक्त गरेको छ।

त्यस्तै, नेपालमा दिनानुदिन खानपानसँग सम्बन्धित नसर्ने रोगको कारण राष्ट्रलाइ लाई भार बढ्दो रहेको भन्दै प्रत्येक सरकारी अस्पताल तथा केन्द्रिय देखि प्रादेशिक स्वास्थ्य संस्थाहरुमा आहारविद तथा पोषणविद अधिकृतको स्थायी दरवन्दी कायम गर्नको लागि संघले सरकारलाई ध्यानाकर्षण गराएको छ।

साथै देशबासीहरुको सुपोषणमार्फत सेवा गर्न लाखौ रुपैयाँ तथा जीवनको अमुल्य खर्च गरेका सक्षम पोषणविद तथा आहारविदको उचित व्यवस्थापन गर्नचाँडोभन्दा चाँडो कदम चाल्न संघले अनुरोध गरेको छ। अहिलेको जस्तो विषम परिस्थितिमा नेपाल सरकारले अवसर दिए सहयोग गर्न संघ तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ ।

www.healthaawaj.com