काठमाडौं – अमेरिकामा पहिलो पटक कुनै तेस्रोलिङ्गी सांसद निर्वाचित भएकी छिन् ।
बीबीसीको सहयोगी समाचार संस्था सीबीएस र एपीका अनुसार डेलावेयरमा एक तेस्रोलिङ्गी प्रत्यासीलाई सांसदको रुपमा चुनिएको हो ।
सारा म्याकब्राइड अमेरिकामा सबैभन्दा उच्च श्रेणीमा छानिएकी पहिलो तेस्रोलिङ्गी हुन् ।
अमेरिकामा राष्ट्रपति चुनावसहित संसदको माथिल्लो सदन सिनेटको एक तिहाई सिटका लागि पनि चुनाव भइरहेको छ ।
म्याकब्राइड ओबामा प्रशासनमा एक इन्टर्नको रुपमा काम गथिएन् र उनी डेलावेयरको फर्स्ट डिस्ट्रिक्टको नेतृत्व गर्छिन् जुन एक डेमोक्रेटिक क्षेत्र हो ।
उनी एलजीबीटी अधिकारको खुल्ला रुपमा समर्थन गर्छिन् । उनी मानव अधिकार अभियान संगठनकी राष्ट्रिय प्रेस सचिव पनि हुन् ।
एलजीबीटीक्यू भिक्ट्री फन्डका अनुसार खुल्ला रुपमा आफ्नो पहिचान व्यक्त गर्ने चार तेस्रोलिङ्गी यतिबेला प्रदेशको सदनमा छन् ।
फन्डकी अध्यक्ष एनाइस पार्कर भन्छिन्, ‘म्याकब्राइडको जीतलेअनगिन्ती तेस्रोलिङ्गीहरुको सुनौलो भविष्यका लागि एउटा आशा जगाएको छ ।’ –बीबीसी