कर्णालीमा ६१ जना कोरोना संक्रमित थपिदा सुर्खेतका धेरै

सुर्खेत – कर्णाली प्रदेशमा थप ६१ जनामा कोरोना पुष्टि भएको छ । यीमध्य सबैभन्दा बढी पुष्टि हुनेभन्दै सबैभन्दा बढी सुर्खेतका ३३ जना छन् । यस्तै दैलेखका ३३, जुम्लाका तीन, सल्यानका दुई, मुगु र रुकुम पश्चिमका एक/एक जना र अन्य प्रदेशका आठ जना छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४४, दैलेख प्रयोगशालामा ११ र रुकुमपश्चिम प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनकाअनुसार योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या पाँच हजार नौ सय ७२ जना पुगेका छन् ।

हालसम्म कर्णालीमा सुर्खेतका दुईहजार पाँच सय ५१, दैलेखका एक हजार नौ, सल्यानका पाँच सय १८, जुम्लाका तीनसय २३, कालिकोटका तीन सय दुई, रुकुमपश्चिमका एकसय ७४, जाजरकोटका एकसय ६, हुम्लाका ३४, मुगुका ३२, डोल्पाका १५ र अन्य प्रदेशका चारसय ११ जना छन् ।

पछिल्लो २४ घण्टामा एक सय ६५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । कर्णालीमा कोरोना संक्रमण जितेर घर जानको कुल संख्या पाँच हजार दुई सय २३ जना पुगेका छन् । हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ जना छन् ।