सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ११ पुगेको छ । सोमबार थप ५२ जना संक्रमित थपिएका हुन् ।
सोमबार प्रदेशका विभिन्न स्थानमा गरिएको पिसिआर परिक्षणमा सुर्खेतका २१, जुम्लाका ९, दैलेखका ८, जाजरकोटका २, मुगुका १, कालिकोटका ५ जना तथा अन्य प्रदेशका ६ जना संक्रमित थपिएका हुन् ।
प्रदेशमा सोमबार कोरोना संक्रमणमुक्त भएर १८ जना डिस्चार्ज भएका छन् । योसंगै प्रदेशभर डिस्चार्ज हुने ५ हजार ५८ जना पुगेका छन् । कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण १६ जनाले ज्यान गुमाएका छन् ।