कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुग्यो

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २३ पुगेको छ । मंगलबार विहान मात्रै थप १२ जना नयाँ सक्रमित भेटिएका छन् । यस अघि कर्णालीमा ११ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाँके नेपालगञ्जको प्रयोगशालामा पाँच जना र बाँकि प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा कोरोना पुष्टि भएको हो।


सुब्बाकुना, घण्टाघर र बबईस्थित क्वारेनटाइनबाट केहि नमुना संकलनमा १२ जनामा कोरोना संक्रमण भटिएकोे कर्णालीको प्रदेश अस्पतालका निर्देशक मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । उनिहरु सबै सुर्खेतकै भएको बताईएको छ ।
डाक्टर खड्काले संक्रमित व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको र बिरामि सामान्य अवस्थामा रहेको जानकारी दिए । पछिल्लो समय भारतबाट आउने नेपालीको संख्या बढेसंगै कर्णालीमा संक्रमितको संख्या तीब्र गतिमा फैलिरहेको छ ।
यहि गतिमा संक्रमण बढ्दै गए कर्णालीको हालत पनि इटलीको जस्तो बन्न सक्ने प्रदेश अस्पतालका डाक्टर कम्बर खड्काले चेतावनी दिएका छन् ।
उनले सामाजिक संजाल मार्फत सरकारले समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई नदिएमा भारतबाट कर्णाली भित्रिने नेपालीका कारण कर्णाली प्रदेश इटली जस्तो हुने बताएका छन्।
यसैबीच कोरोना भाइरस अथवा (कोभिड–१९) संक्रमणको पुष्टि सुर्खेतबाटै हुन थालेको छ । यसअघि सुर्खेतस्थित प्रयोगशालामा कोरोना पोजिटिभ देखिए पछि नेपालगञ्ज पठाएर पुनःपरीक्षण गर्ने गरिएको थियो । तर अब भने कर्णाली प्रदेशमा गरिएको कोरोना परीक्षण नै अन्तिम परीक्षण हुने बताइएको छ ।