बुटवल – तिलोत्तमा–५, मणिग्रामस्थित क्रिमसन अस्पताल ५ दिनयता बन्द छ । लकडाउनमा समेत ओपिडी सेवा दिँदै आएको अस्पताल कोरोना बिरामीको संक्रमण पुष्टि भएसँगै बन्द भएको हो । यहाँ उपचारको लागि जेठ १ गते भर्ना भएका गुल्मी मदानेका ४१ वर्षका एक व्यक्तिमा ५ गते कोरोना पुष्टि भएको थियो । उनलाई ७ गते मृत घोषणा गरिएको थियो । प्रदेश सरकारले अस्पताल शील गरेसँगै बिरामीसँग नजिक रहेर काम गरेकासहित २९ जनाको स्वाव परीक्षण गरिएको थियो । तर, उनीहरु सबैको कोरोना नतिजा नेगेटिभ आएको छ । तैपनि उनीहरु सबै अस्पतालभित्र छन् । अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईले स्वास्थ्य निर्देशनालयको निर्देशनअनुसार अस्पताल शील रहेको बताए । उनले स्वास्थ्यकर्मी समेत आइसोलेशनमा रहेको बताए । निर्देशनालयले नभन्दासम्म आफूहरुले केहि गर्न नसक्ने उनको भनाइ छ।
ताजा खबर