चेल्सी र युनाइटेडले बराबरी खेले

एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सी र म्याचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा चेल्सी र युनाइटेडले गोलरहित बराबरी खेलेका हुन् ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा कुनै गोल नुहँदा दुबै टोलीले एक-एक अंक बाँडेका हुन् । यस खेलमा उरुग्वे स्ट्राइकर एडिन्सन काभानीले डेब्यु गरेका थिए ।

पहिलो हाफमा बेन्चमा रहेको माभानीले खेलको दोस्रो हाफमा चेल्सीविरुद्धको खेलमा मैदानमा प्रवेश गर्दै प्रिमियर लिगमा डेब्यु गरेका थिए । उनी यसै सिजन फ्रेन्च लिग वान क्लब पीएसजीबाट युनाइटेड पुगेका थिए ।

यस बराबरीसँगै ६ खेल खेलेको चेल्सीको ९ अंक भएको छ । चेल्सीले ६ खेल मध्ये २ खेलमा जित, ३ खेलमा बराबरी र १ हारको सामना गरेको छ । यता युनाइटेडले भने ५ खेल खेल्दै ७ अंक जोडेको छ । युनाइटेडले पछिल्ला ५ खेलमा २ जित एक बराबरी र दुई खेलमा हारको सामना गरेको छ ।